नियम १०
रणनीतिक वातावरणीय विश्लेषण
(१) नेपाल सरकारको सम्बन्धित विषयगत मन्त्रालयले ऐनको दफा ९ को उपदफा (१) को प्रयोजनको लागि रणनीतिक वातावरणीय बिश्लेषण गर्नु पर्ने नीति, कार्यक्रम वा आयोजनाको सूची तयार गरी नेपाल सरकार, मन्त्रिपरिषद्‌ समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूची नेपाल सरकार,मन्त्रिपरिषद्‌ समक्ष पेश गर्नु अघि सम्बन्धित बिषयगत मन्त्रालयले त्यस्ता नीति, कार्यक्रम वा आयोजनाको बिषयमा राष्ट्रिय योजना आयोगको सहमति लिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम प्राप्त रणनीतिक वातावरणीय विश्लेषण गर्नु पर्ने नीति, कार्यक्रम वा आयोजनाको सूची नेपाल सरकार, मन्त्रिपरिषद्ले स्वीकृत गर्न सक्नेछ।

(४) उपनियम (३) बमोजिमको सूची अन्तर्गत पर्ने कुनै नीति, कार्यक्रम वा आयोजना सञ्चालन गर्ने सन्दर्भमा रणनीतिक “वातावरणीय विश्लेषण गर्ने प्रयोजनको लागि नेपाल सरकारको सम्बन्धित विषयगत मन्त्रालयले सोको क्षेत्र निर्धारण प्रतिबेदन तयार गरी सहमतिका लागि मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम प्राप्त क्षेत्र निर्धारण प्रतिवेदन अध्ययन गर्दा व्यहोरा मनासिब लागेमा मन्त्रालयले त्यस्तो प्रतिवेदन प्राप्त भएको मितिले तीस दिनभित्र सहमति प्रदान गर्नु पर्नेछ । (६) उपनियम (५) बमोजिम मन्त्रालयको सहमति प्राप्त भए पछि सम्बन्धित बिषयगत मन्त्रालयले सो सहमति समेतलाई समावेश गरी तयार गरेको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌ समक्ष पेश गर्नु पर्नेछ ।

(७) उपनियम (६) बमोजिम: पेश भएको क्षेत्र निर्धारण प्रतिवेदन नेपाल सरकार, मन्त्रिपरिषद्ले स्वीकृत गरेमा सो प्रतिवेदनको आधारमा सम्बन्धित विषयगत मन्त्रालयले रणनीतिक वातावरणीय विश्वेषणको प्रतिवेदन तयार गरी सो उपर राय सुझाव सङ्कलन गर्नका लागि तीस दिनको अवधि तोकी राष्ट्रियस्तरको कुनै एक दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदन उतार (डाउनलोड) गर्न. मिल्ने गरी सो मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्नु पर्नेछ ।

(८) उपनियम (७) बमोजिम सूचना प्रकाशन भएकोमा कुनै व्यक्ति वा संस्थाले सो प्रतिवेदनको सम्बन्धमा आफ्नो कुनै: राय सुझाव भए त्यस्तो अवधिभित्र सूचना प्रकाशन गर्ने मन्त्रालयमा पठाउन सक्नेछ ।

(९) उपनियम (८) बमोजिम प्राप्त राय सुझाव समेतको _ आधारमा सम्बन्धित बिषयगत मन्त्रालयले रणनीतिक वातावरणीय बिश्लेषण प्रतिवेदन तयार गरी सहमतिको लागि मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।

(१०) उपनियम (९) बमोजिम प्राप्त रणनीतिक बातावरणीय बिश्लेषण प्रतिवेदन अध्ययन गर्दा व्यहोरा मनासिब लागेमा मन्त्रालयले आवश्यक राय सुझाव सहित बढीमा तीस दिनभित्र सहमति उपलब्ध गराउनु पर्नेछ । (११) उपनियम (१०) बमोजिम मन्त्रालयबाट सहमति प्राप्त भएमा सम्बन्धित विषयगत मन्त्रालयले त्यस्तो रणनीतिक वातावरणीय विश्लेषण प्रतिवेदन स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌ समक्ष पेश गर्नु पर्नेछ ।

(१२) उपनियम (११) बमोजिम पेश भएको रणनीतिक वातावरणीय विश्लेषण प्रतिवेदन नेपाल सरकार, मन्त्रिपरिषद्ले स्वीकृत गर्न सक्नेछ ।

(१३) रणनीतिक वातावरणीय विश्लेषण सम्बन्धी आधार अनुसूची-१५ मा उल्लेख भए बमोजिम हुनेछ ।